|
२०८३ असार ४
वासिङ्टन डीसी । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानले हालको समझदारीको पालना नगरे पुनः कडा प्रतिबन्धात्मक कदम चाल्न सकिने बताएका छन्।
उनले इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिका सतर्क रहेको उल्लेख गर्दै सम्झौताअनुसारका दायित्व पूरा नभए थप दबाब सिर्जना गर्न आवश्यक कदम चालिने चेतावनी दिए।
रक्षामन्त्री हेगसेथका अनुसार भविष्यका कूटनीतिक तथा सुरक्षा सम्बन्धी निर्णयहरू इरानको व्यवहार र सम्झौता कार्यान्वयनको अवस्थामाथि निर्भर रहनेछन्। उनले क्षेत्रीय समुद्री सुरक्षामा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता समेत औँल्याएका छन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्