राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै केन्द्रीय वाचापत्र निर्माण प्रक्रियालाई गति दिएको छ। उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको कार्यदलले पार्टीका विभिन्न संरचनाबाट सुझाव संकलन गर्न भर्चुअल बैठक बोलाएको छ।
आगामी चुनावलाई लक्षित गर्दै रास्वपाले संगठन विस्तार, प्रचार–प्रसार, समानुपातिक उम्मेदवारी तयारी तथा प्रारम्भिक व्यवस्थापन कार्यलाई सक्रिय बनाएको छ। साथै, अडिट समितिद्वारा उमेदवार छनोटका विषयहरू तथ्यमा आधारित भएर मूल्यांकन हुने र प्रशिक्षण विभागले अनलाइन तालिममार्फत निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको पार्टीले जनाएको छ।
यसबाहेक, नीतिगत अध्ययनदेखि रणनीति निर्माणसम्म समेट्ने उद्देश्यसहित राजनीतिक अध्ययन, निर्वाचन रणनीति र सञ्चार अध्ययन कार्यदलहरू गठन गरिएको रास्वपाले बताएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्