भोजपुर — टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निर्माणाधीन १५ शैय्याको अस्पताल पाँच वर्षदेखि अधुरै छोडिएको छ। २०७८ सालमा दुई वर्षभित्र सक्नेगरी सुरु गरिएको अस्पताल निर्माण ठेकेदार सम्पर्कविहीन भएपछि अलपत्र बनेको स्थानीयको गुनासो छ।
भूमि हिमालयन जेभीले १० करोड १३ लाखभन्दा बढी लागतको काम २०८० असारमै समाप्त गर्ने सम्झौता थियो। तर हालसम्म कम्पाउन्ड, रिटेनिङ वाल र मैदान सम्याउने बाहेक करिब १० प्रतिशत मात्रै काम भएको पालिकाले जनाएको छ। ९१ लाख रुपैयाँ भुक्तानी लिएर ठेकेदार विवेश कार्की सम्पर्कविहीन भएपछि स्थानीय निराश बनेका छन्।
अस्पतालका लागि १३.५ रोपनी जग्गा स्थानीय तथा विदेशस्थित कोटबासीसँग समन्वय गरी जुटाइएको भए पनि काम रोकिएपछि जग्गा बाँझो परेको स्थानीयको पीडा छ। पालिकाले पटक–पटक ताकेता गरे पनि कुनै प्रतिक्रिया नआएको भन्दै अब कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको अध्यक्ष सरोज बस्नेतले बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्