थुलुङ दुधकोशीमा बन्दै अर्को अस्पताल,दुई बर्षभित्र निर्माण सम्पन्न हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८० जेष्ठ १६

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले कोशी पारिका जनताको आधारभूत स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर १० शैय्याको अस्पताल निर्माण गर्ने भएको छ।

अध्यक्ष अशिम राईको पहलमा गाउँपालिकाको केन्द्र मुक्लीमा यसअघि नै ५० शैय्याको अस्पताल सञ्चालनमा ल्याईसकेको सो गाउँपालिकाले अब वडा नं-५ को लेखखर्कमा अर्को अस्पताल निर्माण गर्न लागेको हो।

लेखखर्कमा निर्माण हुने थुलुङ दुधकोशी अस्पतालको अध्यक्ष असिम राईले आज एक कार्यक्रमका बीच शिलान्यास गरेका छन्।दुई बर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको सो अस्पताल १६ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने शिलान्यास कार्यक्रममा जानकारी दिइएको छ। अस्पतालको निर्माण रमन कन्ट्रक्सनले गर्नेछ।

अस्पताल शिलान्यास गर्दै अध्यक्ष राईले संबिधानप्रदत्त मौलिक हक प्राप्त गर्नु जनताको नैसर्गिक अधिकार भएकाले आफुले सुरु देखि नै स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए।

गाउँपालिकाको दुधकोशी पारी भनेर चिनिने जुबु र लोखिमका स्थानीयले आधारभूत स्वास्थ्यसेवाका लागि अन्यत्र जानू नपरोस् भन्ने अभिप्रायले आफुले अस्पताल निर्माणका लागि पहल गरेको बताउंदै अध्यक्ष राईले यो अस्पतालबाट छिमेकी जिल्ला खोटाङका कतिपय जनतासमेत लाभान्वित हुने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई वडा नम्बर ४ जुवुका वडाअध्यक्ष श्यामकुमार गुरुङ्ग ,वडा नम्बर ५ जुवुका वडाअध्यक्ष चन्द्रबहादुर राई यस्तै वडा नम्बर ९ लोखिमका वडाअध्यक्ष सनकुमार तामाङ्ग लगाएत अन्य स्थानीयबासी,जनप्रतिनिधि तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको स्थानीय शिक्षक विनोद बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *