भारी वर्षाले निर्माणाधीन भवन भत्किँदा १ जनाको मृत्यु, ७ बेपत्ता

DaksuMedia दाक्सु मिडिया
|
२०८१ कार्तिक ७

काठमाडौँ : भारतको उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। त्यहाँ चार दिनदेखि भारी वर्षा भइरहेको छ।

निर्माणाधीन भवनमा फसेका अन्य आठजनाको स्थानीयको सहयोगमा प्रहरी र उद्धारकर्मीले उद्धार गरेका छन्। घटनामा पाँच जना घाइते भएका छन्। प्रहरी अतिरिक्त आयुक्तले पत्रकारलाई भने, ‘भवन भत्किँदा १५ कामदार त्यहाँ उपस्थित थिए।’ अर्का प्रहरी अधिकारीले भने, ‘बेत्ता भएकाहरूको खोजी भइरहेको छ।

अधिकांश मजदुर बिहार वा कर्नाटकको यादगीरका बासिन्दा रहेको बीबीसी हिन्दीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *