|
२०८२ मंसिर १८
काठमाडौं – मदनभण्डारी कलेज नजिक रहेको धोबीखोलामा एक अन्दाजित २५ वर्षीय युवकको शव फेला परेको छ। बिहीबार बिहान स्थानीयले खोलामा साइकलसहित युवक डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार मृतक युवकको पहिचान अहिलेसम्म खुलेको छैन। “उनीसँग भेटिएका कागजातमार्फत पहिचान सुनिश्चित गर्ने प्रक्रिया भइरहेको छ,” उनले बताए।
प्रहरी टोलीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइसकेको जनाएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्