|
२०८२ मंसिर १७
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदको उम्मेदवारी दिने घोषणा गरेका छन्।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भने, “म १५औँ महाधिवेशनको सभापतिका लागि उम्मेदवार हुँ। मलाई विश्वास छ कि कांग्रेसका बहुसंख्यक साथीहरूले मलाई पार्टीको नेतृत्वको जिम्मेवारी दिनेछन्।”
कांग्रेसको महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म सञ्चालन हुनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्