|
२०८२ मंसिर १७
काठमाडौँ – प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिट आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माले सुनुवाइ गर्नेछन्।
एमालेले यसअघि मंसिर १० गते दायर गरेको रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको र प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ।
रिट अन्तिम क्रम (क्रम संख्या ६) मा राखिएकोले अन्य मुद्दा पछि मात्र सुनुवाइ हुनेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्