बेनीकोट गाउँमा दुई करोडभन्दा बढीको सुन्तला उत्पादन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

तनहुँ – व्यास नगरपालिका–१३, बेनीकोटका किसानहरूले यस वर्ष रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। स्थानीय किसानहरू मङ्सिर महिनामा बारीमा फलिएका सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन

किसान फलबहादुर थापाले रु १६ लाख ५० हजारको र कालबहादुर रानाले रु चार लाखको सुन्तला बिक्री गरेको बताए। स्थानीय ठेकेदारहरूले बोटको मूल्य तोक्ने, टिप्ने र ढुवानी गर्ने काम गर्छन्।

बेनीकोटमा प्रत्येक किसानले २०–८०० बोटसम्म सुन्तला लगाएका छन्। काठमाडौं, चितवन र पोखरासम्म बेनीकोटका सुन्तला बिक्री हुने गरेको छ। भिरालो सडकले ढुवानीमा केही समस्या भए पनि दैनिक पाँचसम्म गाडीले बजारमा पुर्‍याइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *