मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्वपूर्ण काममा हतार नगर्नु बुद्धिमानी हुन्छ। अनुभवी व्यक्तिको सल्लाह लिएर निर्णय गर्दा राम्रो परिणाम मिल्नेछ। सम्मानजनक काम गर्ने अवसर प्राप्त हुने तथा प्रेम सम्बन्धमा सुधार आउन सक्छ। शुभ रंग रातो र शुभ अंक १।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवसाय तथा साझेदारीमा लाभको संकेत छ। निर्णय क्षमतामा वृद्धि हुने र शुभेच्छुकहरूको साथ पाइने दिन। शुभ रंग केशरी र शुभ अंक २।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्मकर्मप्रति आकर्षण बढ्ने समय। दाम्पत्य सम्बन्धमा मेलमिलाप हुनेछ। विद्यार्थीका लागि अनुकूल दिन। कार्यक्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ रंग पहेँलो र शुभ अंक ६।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयमा सुधारका अवसर देखिन्छन्। काममा सक्रियता बढ्नेछ। व्यवसायमा नयाँ परिचय बनाउन सकिने समय। शुभ रंग सेतो र शुभ अंक २।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
उत्साह र आत्मविश्वास उच्च रहनेछ। सकारात्मक सोच राखेर अघि बढे सफलता मिल्नेछ। प्रभावशाली व्यक्तिसँग भेटघाट सम्भावित। शुभ रंग हल्का निलो र शुभ अंक ८।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धैर्य र पराक्रममा वृद्धि देखिन्छ। कार्यस्थलमा अतिरिक्त जिम्मेवारी प्राप्त हुन सक्छ। इन्टर्भ्यु वा प्रतियोगिताका लागि अनुकूल दिन। शुभ रंग निलो र शुभ अंक ३।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यका विषयमा विशेष सावधानी आवश्यक छ। चिसोबाट जोगिनुपर्छ र मादक पदार्थबाट टाढा बस्न उचित हुन्छ। आलस्य छोडेर काम गर्दा सफलता सम्भव। शुभ रंग निलो र शुभ अंक ५।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामकाजी जीवनमा वरिष्ठ व्यक्तिहरूबाट सहयोग मिल्न सक्छ। विदेश रोजगार सम्बन्धी नयाँ अवसर देखापर्न सक्छ। रमाइलो जमघटमा सहभागी हुन पाइने संकेत। शुभ रंग सेतो र शुभ अंक ३।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिश्रमअनुसार फल प्राप्तिको सम्भावना। नयाँ अवसर आए पनि तुरुन्त लाभ लिन कठिन हुन सक्छ। सवारी चलाउँदा सावधानी आवश्यक। शुभ रंग केशरी र शुभ अंक ४।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च नियन्त्रणमा राख्नुपर्ने दिन। नयाँ काम सुरु गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनु उपयुक्त। कानुनी पक्ष मजबुत रहनेछ। शुभ रंग सुन्तला र शुभ अंक ७।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज बोलीले नै समस्या ल्याउन सक्छ, त्यसैले सावधानी अपनाउनु आवश्यक छ। कुनै कुरा एकतर्फी रूपमा नसोच्नुहोस्। धन वृद्धि सम्भव। अनावश्यक सल्लाह दिनु उचित हुँदैन। शुभ रंग कलेजी र शुभ अंक ९।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सामाजिक जमघटले मन प्रसन्न रहनेछ। व्यवसायमा लाभको सम्भावना मजबूत। कामकाजी सहयोगीहरूबीचको मनमुटाव हट्नेछन्। शुभ रंग बैजनी र शुभ अंक २।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्