जेठ ३१ गतेसम्म उपत्यकामा थपियो निषेधाज्ञा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १९

काठमाडौं । जेठ २१ देखि जेठ ३१ गते सम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप १० दिन निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । अब भने किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

निर्माण सामग्री ओसार पसार गर्ने गाडी भने रातिको समयमा चल्न दिने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *