|
२०८२ मंसिर १२
काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण खेल हुने भएका छन्।
पहिलो खेल बिहान ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ। दुवै टोलीले ४–४ अंक जोडिरहेका छन् तर चितवन ३ खेलबाट अंक बटुलेर तेस्रो स्थानमा छ भने काठमाडौं ४ खेल खेलेर चौथो स्थानमा छ। आजको खेल दुवै टोलीका लागि प्लेअफ नजिकिन महत्त्वपूर्ण मानिएको छ।
त्यसपछि अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। तीन खेलबाट २ अंक मात्र जोडेको कर्णालीका लागि प्लेअफ आशा जोगाइराख्न आज जित अपरिहार्य छ।
उता, चार खेलबाट ६ अंक बटुलेर दोस्रो स्थानमा रहेको विराटनगरले आजको खेल जिते प्लेअफ प्रवेशलाई झन् सहज बनाउनसक्नेछ।
दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्