त्रिपालले छोपेको ट्रकमा गाँजा, चालक प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

चितवन । गोप्य सूचनाका आधारमा प्रहरीले चितवनमा ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। भरतपुर महानगरपालिका–२९ जुगेडीमा जाँच गर्ने क्रममा ट्रकबाट १३६ किलो ५०० ग्राम गाँजा फेला परेको हो।

काठमाडौं हुँदै पथलैयातर्फ गइरहेको ना.५ ख ८६७६ नम्बरको ट्रकमा गाँजा ओसारिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले सवारीसाधन रोकेर तलासी लिएको थियो। त्यस क्रममा ट्रकको पछाडिको ढालामा त्रिपालले छोपिएका १० वटा पोकाभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका–४ पान्द्राङका २७ वर्षीय चालक रञ्जित सुनारलाई नियन्त्रणमा लिएको छ। गाँजा, ट्रक र चालकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *