चौधरी उद्योगग्रामको बियर प्लान्ट र गोदाममा आगलागी

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १९

१९ जेठ, काठमाडौं । चौधरी उद्योग ग्राममा आगलागी भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बताए ।

दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको पनि उनले जनाए।

उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *