जनकपुरलाई विराटनगरले दियो १३६ रनको लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ८

काठमाण्डौँ । विराटनगर किङ्सले जनकपुर बोल्टलाई १३६ रनको लक्ष्य दिएको छ ।

नेपाल प्रिमियर लिगको आजको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले ७ विकेट गुमाएर १३५ रन बनायो। विराटनगरका लागिशुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए भने बसिर अहमदले ३६ रन बनाए । लोकेश बम २८, जर्ज मुन्से १० र मार्टिन गुप्टिलले १३ रन बनाए । नारायण जोशी दुई रन बनाएर आउट भए भने मर्चेन्ट द लेंगेले खाता खोल्न सकेनन् ।

प्रतिश जिसी २ रन र कप्तान सन्दीप लामिछाने १ रनमा नटआउट रहे ।

विराटनगरलाई सस्तैमा समेट्न जनकपुरका लागि संगीथ कुरे र रूपेश सिंहले समान दुई दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए ।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ । गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *