विराटनगरका बम र गप्टिल चम्किदा पोखरालाई २ सय २१ रनको विशाल लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २

काठमाण्डौँ । नेपाल प्रिमियर लिग ओपनर लोकेश बम र स्टार व्याटर मार्टिन गप्टिलले आक्रमक पारी खोल्दा विराटनगर किंसले पोखरा एभेन्र्जसलाई विशाल लक्ष्य दिएको छ । विराटनगरले ६ विकेट गुमाएर २२० रन बनाएको छ ।

बमले ४८ बलमा सात छक्का र एक चौकासहित ७२ रन बनाएका छन भने गप्टिलले ३५ बलमा ३ चौका र ५ छक्का सहित ६१ रन बनाए । शुभम् रन्जानेले ३८ रन बनाए । पोखराका माट टेलले २ विकेट लिए ।

यसअघि आजै भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै चितवन राइनोजले विजयी शुरुआत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *