सोलु हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ७

काठमाडौँ – सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (साधारण शेयर) आज (मंसिर ७) देखि खुला गरेको छ।

कम्पनीको कुल जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता शेयर जारी गर्न अनुमति पाएको छ। यसमध्ये १ अर्ब रुपैयाँ बराबरका १ करोड कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि छुट्याइएको छ।

आयोजना प्रभावित क्षेत्रका लागि शेयर वितरण:

  • ४० लाख कित्ता (४०%) : सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित स्थानीय
  • ६० लाख कित्ता (६०%) : सोलु दूधकुण्ड नगरपालिका तथा थुलुङ दूधकोशी गाउँपालिकाका अन्य वडाका स्थानीय

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:
सर्वसाधारणको १० प्रतिशत शेयर, अर्थात १० लाख कित्ता (१० करोड रुपैयाँ बराबर), वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि छुट्याइएको छ।

आवेदन मिति:

  • आयोजना प्रभावित क्षेत्र: मंसिर २१ गतेसम्म
  • विदेशमा रहेका नेपाली: मंसिर १० देखि २१ गतेसम्म

आवेदन न्यूनतम १० कित्ताबाट र अधिकतम १ लाख कित्तासम्म गर्न सकिनेछ।

आयोजनाको विवरण:

  • क्षमता: ८२ मेगावाट
  • कुल लागत: १६ अर्ब ३० करोड ४० लाख
  • प्रतिमेगावाट लागत: १९ करोड ८८ लाख
  • साधारण लगानी फिर्ता अवधि: ७.६८ वर्ष
  • डिस्काउन्टेड लगानी फिर्ता अवधि: १२.०९ वर्ष

आवेदन गर्न सकिने स्थानहरू:

  • प्रभावित क्षेत्रका लागि: ग्लोबल आइएमई बैंक (सल्लेरी शाखा), लक्ष्मी सनराइज बैंक (नेले शाखा), आयोजना क्षेत्र तिङ्ला कार्यालय
  • सबै C-ASBA सदस्य बैंक/वित्तीय संस्थाहरू र तिनका निर्दिष्ट शाखाहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Esther3

    November 23, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *