|
२०८२ जेष्ठ ९
काठमाण्डौँ । सर्वसाधारणका लागि सान्भी इनर्जीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ बाँडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि शुक्रबारदेखि आवेदन खुलेको हो । सर्वसाधारणले शुक्रबार कार्यालय समयपछि १३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।
कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा जारी गर्न लागेको हो । जसमध्ये म्युचुअल फन्ड, प्रभावित स्थानीय, कर्मचारी, वैदेशिक रोजगारमा रहेकालाई छुट्याएपछि सर्वसाधारणमा २४ लाख १५ हजार ३ सय कित्ता सेयर जारी हुन लागेको हो ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्