|
२०८२ मंसिर २
काठमाण्डौँ । सरकारले फेरि पनि धोका दिएको भन्दै बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुनः रोक्ने भएका छन् ।
प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका हुन् ।
१५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुनः फोहोर विसर्जन रोक्न बाध्य भएको उनीहरूको भनाइ छ । पत्रकार सम्मेलनमा धुनिबेशी नगरपालिका, ककनी गाउँपालिका र बेलकेटगढी नगरपालिकाका प्रभावित स्थानीय उपस्थित थिए ।
गत १२ कात्तिकमा स्थानीयले फोहोर विसर्जन रोकेका थिए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्