फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १४

काठमाण्डौँ । काठमाण्डौं महानगरपालिकाले फोहोर आफ्नो घरबाट बाहिर ननिकाल्न महानगरबासीलाई अनुरोध गरेको छ ।

बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै घरबाट निस्कासन हुने फोहोर सुरक्षित तरिकाले घर कम्पाउण्डभित्रै राख्न भनेको हो ।

महानगरपालिकाको वातावरण तथा व्यवस्थापन विभागले जारी गरेको सूचनामा लेखिएको छ, ‘अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निस्कासन हुने फोहोर मैला घर-कम्पाउण्डमा सुरक्षित तवरले राख्नुहुन र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्नुहुन अनरोध छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *