एनसेलले नयाँ ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक, आकर्षक बोनस सेवासुविधा सहित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ३०

काठमाडौं । एनसेलले सोमबारदेखि सुरु हुने ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाइ एनसेल’लाई अझ रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याक सार्वजनिक गरेको छ। कार्तिक २९ देखि मंसिर २७ सम्म लागू रहने यस अफरअन्तर्गत ग्राहकले विभिन्न वान–टाइम तथा रिन्यूवल प्याक किन्दा प्याकको प्रकार अनुसार अन–नेट कल, फ्री टिकटक, फ्री युट्युब, बोनस डेटा आदि सेवा १ दिनका लागि निःशुल्क पाउनेछन्।

एनसेलका अनुसार एनपीएल फ्यान प्याकमार्फत २५ मिनेट वा ५० मिनेट अन–नेट कल, ७५० एमबी वा १ जीबी डेटा, नि:शुल्क टिकटक, नि:शुल्क युट्युब जस्ता बोनसहरू उपलब्ध हुनेछन्। साथै, एनसेल एपमार्फत ‘स्पिन एन्ड विन’ मा सहभागी भएर थप बोनस सेवासुविधा तथा एनपीएल खेलका टिकट जित्ने मौका पनि मिल्नेछ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपङ्ग दत्तका अनुसार, “एनपीएल फ्यान प्याकले नेपाली क्रिकेट फ्यानमा अझ उत्साह भरिने” विश्वास राखिएको छ। एनसेलले यसपटकको एनपीएललाई ‘United by Cricket, Connected by Ncell’ भन्ने थीमसहित समर्थन गरेको छ।

अफरमा समावेश ११ वटा प्याकमध्ये केही प्रमुख बोनस–

  • रु. ९९ अनलिमिटेड डेटा → २५ मिनेट अन–नेट कल
  • सधैं अन ३९९ / रिन्यूवल → नि:शुल्क टिकटक
  • रु. ५९९ होम एन्ड अवे / रिन्यूवल → नि:शुल्क युट्युब
  • रु. २९९ अनलिमिटेड अल नेपाल भ्वाइस → १ जीबी बोनस डेटा

यी सबै बोनस सेवाहरू १ दिन सम्म मान्य रहनेछन्।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *