|
२०७८ जेष्ठ १३
धनगढी । प्रहरीले कैलालीको गोदावरी नगरपालिका वनखेतमा अवस्थित अहिंसावादी विश्व शान्ति धर्म चक्र बौद्ध गुम्बाका संरक्षक गणेश मोक्तान लामालाई यौन हिंसा गरेको आरोपमा नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टले जानकारी दिए अनुसार गुम्बामा रहेका बालिकामाथि यौन हिंसा गरेको आरोप लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
गुम्बामा रहेका केही बालिकाले संरक्षक लामाले आफूहरुमाथि यौन हिंसा गरेको सार्वजनिक रुपमा बताएपछि बिहीबार प्रहरी टोली गुम्बामा पुगेको थियो । २०६५ सालमा स्थापित उक्त गुम्बामा लामाले आश्रित बालबालिकालाई पढाउँदै आएका थिए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्