बजेट अध्ययनका लागि समय अभाव, संसदीय छलफल प्रभावहीन :खुश्बु ओली

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले बजेटमाथिको संसदीय छलफललाई प्रभावकारी बनाउन पर्याप्त अध्ययन समय आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभामा बोल्दै उनले सीमित समयमै धेरै मन्त्रालयका बजेट दस्तावेज अध्ययन गर्नुपर्ने व्यवस्था अव्यावहारिक भएको टिप्पणी गरिन्।

उनले रणनीतिक महत्वका सडक तथा पूर्वाधार आयोजनालाई निरन्तरता दिनु सकारात्मक भए पनि कार्यान्वयनमा देखिएको सुस्तताप्रति असन्तुष्टि जनाइन्। नयाँ आयोजना थप्नेभन्दा पुराना आयोजना समयमै सम्पन्न गर्ने नीतिमा जोड दिनुपर्ने उनको भनाइ थियो।

ओलीले विज्ञान तथा प्रविधि क्षेत्रलाई न्यून बजेट छुट्याइएको भन्दै नवप्रवर्तन, कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा सुरक्षाका लागि स्पष्ट नीति ल्याउन माग गरिन्। ऊर्जा क्षेत्रमा निर्यातसँगै आन्तरिक खपत वृद्धि र दीर्घकालीन ऊर्जा सुरक्षामा समेत सरकार केन्द्रित हुनुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *