अर्थमन्त्रीद्वारा बजेट भाषण जेठ १५ मै गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १३

१३ जेठ, काठमाडौं ‌। आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले बताए अनुसार जेठ १४ गते (भोलि) दिउँसो २ बजे आर्थिक सर्वेक्षण सार्वजनिक गराइने र १५ गते अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभाहल सिंहदबारबाट बजेट सार्वजनिक हुने पनि उनले बताए । प्रतिनिधिसभा विघटन भएपश्चात सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *