काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार आज गोलभेँडा (नेपाली) प्रतिकिलो रु ७५ देखि रु ९५ सम्म, आलु रु ५३ देखि रु ८५ सम्म, र प्याज (भारतीय) प्रतिकिलो रु ४० मा कारोबार भइरहेको छ।
यस्तै, काउली रु १५०, गाजर रु ११० देखि १३०, बन्दा रु ७५, भन्टा रु ७० देखि ८०, र बोडी रु ६५ देखि १५० सम्म निर्धारण गरिएको छ।
सागसब्जीको मूल्यमा रायोसाग रु १५०, पालुङ्गो रु २००, चमसुर रु २६०, मेथीको साग रु २५०, र हरियो प्याज रु १५० रहेको छ।
फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १४०, अनार रु ३५०, सुन्तला रु १०० देखि १३०, र कागती रु १३० तोकिएको छ।
यसैगरी, लसुन (चाइनिज) प्रतिकिलो रु २००, धनियाँ हरियो रु ६००, अदुवा रु ९०, खुर्सानी हरियो (माछे) रु १८०, र सिताके च्याउ रु ९०० सम्म पुगेको समितिले जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्