|
२०८२ कार्तिक १४
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर बदली र वर्षा भइरहेको छ। काठमाडौंमा बिहीबार रातिबाट मत्थर वर्षा भए पनि शुक्रबार बिहानैदेखि मध्यमदेखि भारी वर्षा भइरहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार काठमाडौंमा शनिबार बिहानदेखि र कोशी–मधेस क्षेत्रमा शनिबार बेलुकादेखि मात्र वर्षा रोकिने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ।
विभागले भारी वर्षा र हिमपात हुने क्षेत्रका सर्वसाधारण, किसान र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्