आज देशभर बदली र वर्षा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १४

काठमाडौँ : बङ्गालको खाडीमा विकसित चक्रवात “मोन्था” भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेका कारण आज (कार्तिक १४, शुक्रबार) नेपालभर मौसम प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि अधिकांश स्थानमा बदली छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका धेरै स्थानमा, गण्डकी प्रदेशका केही ठाउँमा तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने र मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

भोलिदेखि भने देशभर मौसम क्रमिक रूपमा सुधार हुने अनुमान गरिएको छ।

Add

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *