|
२०८२ कार्तिक १२
सप्तरी : छठ पर्व मनाउने क्रममा मंगलबार पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–९ डिठास्थित पोखरीमा डुबेर स्थानीय ५० वर्षीय सुरज रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । छठ पर्वमा मंगलबार उदाउँदो सूर्यलाई अघ्र्य दिइरहेको अवस्थामा पौडी खेल्ने क्रममा राम पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा मृत फेला पारिएको थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्