गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन प्रचण्डको आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ११

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जटिल अवस्थाबाट गुज्रिरहेको भन्दै सबै गणतान्त्रिक तथा वामपन्थी शक्तिहरूलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्र सम्भव हुने बताएका छन्। उनले वामपन्थी तथा प्रगतिशील शक्तिहरूबीच एकता र साझा आन्दोलन आजको आवश्यकता भएको उल्लेख गरे।

प्रचण्डले भनेका छन्, “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।”

उनले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झन्डामुनि एकताबद्ध हुन पनि हार्दिक अपिल गरेका छन्। संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै गणतान्त्रिक शक्तिहरूले साझा मोर्चा बनाएर अघि बढ्न उनले आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *