काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक माओवादी केन्द्रको एजेण्डामै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
धादिङको थाक्रे गाउँपालिकाको महादेवेसीमा बुधबार आयोजित पार्टी गाउँपालिकाको बैठकमा सम्बोधन गर्दै उनले माओवादी केन्द्रले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।
संयोजक प्रचण्डले देश सङ्कटपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताउँदै सङ्कटको अवस्थामा माओवादी केन्द्र दृढतापूर्वक संविधान, गणतन्त्र र जनताको पक्षमा उभिएको स्पष्ट पारेका छन् ।
‘हाम्रो पार्टी नै जेनजी आन्दोलन सुरु हुनुभन्दा पहिले नै उनीहरूको मागलाई समर्थन गर्ने पहिलो पार्टी हो, ‘जेनजी आन्दोलनलाई समर्थन मात्र होइन, उनीहरूको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र हो भन्ने प्रमाणित भएको छ।’ उनले भने, माओवादी केन्द्रले गरेका काम हेर्ने हो भने जेनजीहरुको असली नेतृत्व र पार्टी माओवादी केन्द्र हो ।’

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्