|
२०८२ कार्तिक १०
काठमाडौं । नेपालले ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। खेल शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
नेपाल पछिल्ला चार खेलमा भारतसँग अपराजित रहेको छ र आजको खेल प्रतिष्ठाको लागि महत्वपूर्ण मानिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारीले जितका लागि खेल्ने बताएका छन्।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भइसकेका छन्। यसमध्ये भारतले ११ खेल जितेको छ भने नेपालले ३ खेल पेनाल्टीसुट सहित जितेको छ र ४ खेल बराबरीमा सकिएको थियो।
नेपाल र भारतबीचको प्रतिस्पर्धा यस साउथ एसियन फुटबलमा प्रतिष्ठाको लडाइँका रूपमा हेरिन्छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्