काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ प्रयोगबापतको महसुल नतिर्ने १८ वटा उद्योगको विद्युत् आपूर्ति काटेको छ। यसअघि ६ वटा उद्योगको लाइन काटिसकेपछि शुक्रबार रातिदेखि थप १८ उद्योगमा कारबाही गरिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको लाइन काटिएको हो।
कूल ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगमध्ये केहीले किस्तामा तिर्न थालेका छन् भने केही कानुनी प्रक्रियामा गएका छन्। प्राधिकरणले असोज १२ गते २१ दिनभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो। तोकिएको समयभित्र महसुल नतिरेपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको प्राधिकरणले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्