|
२०८२ कार्तिक ४
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वारामा किसानहरूले पहिलो वर्षमै ४६८ किलो सयपत्री फूल बिक्री गरेर खुशी भएका छन्।
पोखराका व्यापारीलाई प्रतिकिलो रु ३०० मा फूल बिक्री भएको छ।
छ रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएपछि किसानहरूले बजार नपाउने चिन्ता हटेको बताएका छन्।
समूहका अध्यक्ष जितमाया रानाले आगामी वर्ष फूलखेतीको क्षेत्रफल विस्तार गर्ने योजना बनाएको बताइन्।
पहिले तरकारीखेती गर्ने किसानहरूले यस वर्ष फूलखेतीबाट राम्रो आम्दानी पाएको खबर छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्