|
२०८२ कार्तिक २
काठमाडौं । २४ भदौमा जेनजी प्रदर्शनका क्रममा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न रहेको अभियोगमा गौतम घिसिङ पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका घिसिङ दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ जडीबुटीमा बसोबास गर्दै आएका ४८ वर्षीय व्यक्ति हुन्।
काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार, घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि ८ दिनको म्याद लिएर थुनामा राखिएको छ।
यसअघि घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तसमेत रहेका थिए। प्रहरीका अनुसार उनीविरुद्ध २०७९ असोज ४ र फागुन १० गते बैंकिङ कसुरसम्बन्धी मुद्दा प्रहरी वृत्त गौशालामा दर्ता भएको थियो।




दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्