सानिमा बैंकको २१औं वार्षिक साधारणसभा आज, नगद लाभांश र विशेष प्रस्ताव पारित हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं —  सानिमा बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुँदैछ। सभामा चुक्ता पुँजीको ७.३६८५% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, २ अर्ब रुपैयाँ बराबरको ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव पनि छलफलमा रहनेछ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक निर्वाचन तथा नियमावली संशोधनसम्बन्धी प्रस्तावहरू पनि अघि सार्नेछ।

बैंकले असोज २७ गते बुक क्लोज गरिसकेकोले असोज २६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी भई लाभांश पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *