कात्तिक १ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बस्दैछ। दिउँसो १ बजे सुरु हुने बैठकमा नेताहरूले विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहनेछ।
कांग्रेसले जानकारी दिएको अनुसार असोज २८ गतेदेखि प्रारम्भ भएको बैठकमा १० वटा फरक-फरक प्रस्तावहरूमा छलफल चलिरहेको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राखेका थिए।
त्यसैगरी आमन्त्रित सदस्य नारायणी रायमाझी र प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम)ले पनि बैठकमा धारणा प्रस्तुत गरेका छन्।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सहभागी नेताहरूले पार्टीको आन्तरिक सुदृढीकरण, संगठनात्मक पुनर्संरचना र भावी रणनीतिका विषयमा आफ्ना विचारहरू राखिरहेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्