काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि आठ एजेन्डा तय गरिएको छ । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुने बताइएको छ ।
मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुई थरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधि सभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।
बैठकमा जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालय सहित सबै कार्यालायको पुनर्निर्माणको छलफल हुनेछ ।
बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपद्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।
शेरबहादुर देउवाले असोजदेखि कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेको हुँदा उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समितिको बैठक बसेको हो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्