नेपाली सेनाले राजनीति नगर्ने सेनाको स्पष्टोक्ति

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३१

काठमाण्डौँ । नेपाली सेनाले आफूहरू राजनीति नगर्ने प्रष्ट पारेको छ ।

शुक्रबार जेनजी आन्दोलनपछिको अवस्थाबारे जानकारी दिन नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले सेनाले राजनीति नगर्ने दाबी गरेका हुन् ।

‘यो जेनजीसँगको वार्ताको कुरा गर्दा यो कुरा स्पष्ट छ सेनाले राजनीति गर्दैन,’ उनले भनेका छन् ।

उनले आन्दोलनपछिको अवस्थालाई संकेत गर्दै भने, ‘यसको परिणामबाटै कस्तो खालको नियत थियो भन्ने कुरा हामीले आकलन गर्न सकिन्छ ।’

मेडागास्करमा भएको जेनजी आन्दोलनपछि सेनाले शक्ति हातमा लिएको संकेत गर्दै उनले नेपाली सेनाले भने सबै पक्षसँग छलफल गरेर काम गरेको बताए ।

आन्दोलनमा सबैथरी मानिसहरू संलग्न रहेको सेनाको निष्कर्ष छ ।

‘यो परिस्थितिमा छलफलको टेबलमा ल्याई स्थितिलाई थप जोखिमपूर्ण हुन नदिन नै उत्तम विकल्प भएको नेपाली सेनाको निर्क्योल थियो,’ उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *