अर्थमन्त्री खनालको द्विपक्षीय भेटघाटमा व्यापार र कर नीतिबारे छलफल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

वाशिङ्गटन डिसी – विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा सहभागी हुन अमेरिका पुगेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलबार विभिन्न उच्चस्तरीय भेटघाटमा सहभागिता जनाए।


मङ्गलबार अमेरिकी उपव्यापार प्रतिनिधि ब्रायन स्वीजरसँग द्विपक्षीय व्यापार तथा कर नीतिबारे उपयोगी छलफल भएको नेपाल राजदूतावासले जनाएको छ।


त्यसैदिन उनले साउदी फण्डका अध्यक्ष अब्दुल रहमान अल मर्सदसँग नेपालको विकासमा सहकार्यबारे पनि विचारविमर्श गरे। भेटमा नेपालका राजदूत लोकदर्शन रेग्मीसहित दूतावास र भ्रमण दलका सदस्यहरूको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *