|
२०८२ भाद्र ३०
३० भदौ, काठमाडौं । रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा तलब, क्वार्टर, गाडीलगायत कुनै सुविधा नलिने घोषणा गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा उनी अर्थमन्त्री बन्ने पक्का भएको छ। खनालले पिएसओ समेत नलिने जनाएका छन्।
यसअघि बाबुराम भट्टराईको सल्लाहकार हुँदा पनि उनले सुविधा नलिई काम गरेका थिए। पूर्वअर्थसचिव खनालले हालै ४४७ पृष्ठको आर्थिक सुधार सुझाव प्रतिवेदन ओली सरकारलाई बुझाएका थिए।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्