काठमाडौं, असोज २८ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सामाजिक सञ्जालमा एक कविता सार्वजनिक गरेपछि आलोचनाको केन्द्रमा परेका छन्। सोमबार उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमार्फत साझा गरेको कवितामा किसानलाई ‘फोहोरी’ (फोहोर) भन्दै तुलना गरेपछि उनको व्यापक आलोचना भइरहेको छ
कविताको एक हरफमा उनले लेखेका छन्:
‘जलझैँ शीतल, फूलझैँ कोमल, सुन न पित्तल, किसानझैँ फोहर।’
यस पंक्तिले किसानप्रतिको दृष्टिकोण हेपाहा र अपमानजनक भएको भन्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया जनाएका छन्। धेरैले उक्त अभिव्यक्तिले कृषक वर्गप्रति अवमूल्यन र अपमान दर्शाउने भन्दै बालेनको आलोचना गरेका छन्। कतिपयले उनको अभिव्यक्तिलाई सच्याउन माग गरेका छन् भने केहीले सार्वजनिक माफीको मागसमेत गरेका छन्।
हालसम्म मेयर बालेनले उक्त विवादास्पद अभिव्यक्तिप्रति कुनै स्पष्टीकरण दिएका छैनन्।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्