काठमाडौं, आश्विन १६ – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले गत भदौ २४ गते सिंहदरबारमा लागेको आगो निभाउन काठमाडौं महानगरको दमकल नै सबैभन्दा पहिले पुगेको दाबी गरेका छन्।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो जानकारी दिँदै भनेका छन्, “सिंहदरबारमा आगो निभाउन सबैभन्दा पहिला काठमाडौं महानगरको दमकल पुगेको थियो। पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ।”
भदौ २३ देखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन २४ गते सिंहदरबार परिसरमा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका थिए। उक्त घटनापछि जनस्तरमा काठमाडौं महानगरप्रति दमकल समयमै नपठाएको भन्दै चर्को आलोचना भइरहेको थियो। विशेषगरी मेयर बालेन शाहको भूमिकालाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो।
तर प्रमुख पाण्डेको दाबीअनुसार महानगरको दमकल पहिलो प्रतिक्रिया दिने टोली थियो। यद्यपि, उनको यो भनाइप्रति धेरैले विश्वास देखाएका छैनन्। सामाजिक सञ्जाल तथा सार्वजनिक प्रतिक्रियाहरू हेर्दा पाण्डेको दाबीलाई व्यापक समर्थन मिल्न सकेको छैन।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्