कांग्रेसको औपचारिक बैठक आज, पूर्णबहादुरलाई कार्यवाहक सभापति तोक्ने देउवाको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २३

काठमाण्डौँ । जेन–जी आन्दोलनको एक महिनापछि नेपाली कांग्रेसको औपचारिक बैठक बिहीबार पहिलोपटक बसेको छ । पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । हिजो साँझसम्म बैठकमा देउवा उपस्थित हुने बताइएको थियो । तर, आज बिहान एक्कासि सभापति देउवा बैठकमा अनुपस्थित हुने सचिवालयले जनाएको छ । देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बसिरहेको छ ।

कांग्रेस नेताहरूका अनुसार सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मा खड्कालाई दिनेगरी आजको बैठक बसेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *