|
२०८२ आश्विन १२
सिरहा, भगवानपुर गाउँपालिका-४ बाट स्रोत नखुलेको ७ लाख ५० हजार रुपैयाँसहित ओमप्रकाश साहलाई पक्राउ गरेको छ। लौकाहाबाट भगवानपुर चोकतर्फ जाँदै गरेका साहलाई शंका लागेपछि जाँच गर्दा नगद फेला परेको हो।
रकमको वैध स्रोत नदेखाएपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। प्रहरीले यो रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरेको छ। साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा बुझाइएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्