काठमाण्डौँ । नेपो बेबी ट्रेन्डपछि सामाजिक सञ्जाल टिकटकमा एक्पोज झोले ट्रेन्ड सुरु गरिएको छ । यो ट्रेन्डमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेता निकट व्यक्तिहरूको फोटो राखेको देखिन्छ । गत भदौ २३ र २४ मा जेन–जीको आन्दोलन नेपोबेबी ट्रेन्डले जन्माउन भूमिका खेलेको थियो ।
आन्दोलनपछि पनि पुराना राजनीतिक दलहरू सुध्रिने छाँट नदेखाएपछि नयाँ ट्रेन्ड सुरु गरिएको हो । नेपो बेबी र भ्रष्ट राजनीतिज्ञहरूलाई देखाइएको भनिएको ट्रेन्डले राजनीतिक दलहरूलाई रक्षात्मक बनाएको छ । अब झोले ट्रेन्डमा नेताहरूसँग सम्बन्ध भएकाहरूलाई लक्षित गरिएको देखिन्छ ।
झोले ट्रेन्डको क्याप्सनमा माउथ ओपन, ब्रेन क्लोज झोले । र, पार्टीका झण्डा समातेर हिँडेका कार्यकर्ताको फोटो राखिएको पाइएको छ । अब पनि पार्टीको झोला बोकेर जयजयकार गर्नु भनेको युवाहरूको भविष्य डामाडोल हुने दाबी प्रयोगकर्ताको छ ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनीहरू निकट नेता कार्यकर्ताको फोटो चल्तीमा छ ।
त्यस्तै, जेन–जीको आन्दोलनपछि सामाजिक सञ्जालबाट भड्काउने र थर्काउने अभिव्यक्ति दिएका एमाले नेता महेश बस्नेतलाई पनि लक्षित गरिएको पोस्टहरू सामाजिक सञ्जालमा देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गुन्डुमा सक्रियता बकढाएपछि अर्को ट्रेन्डको नाममा झोले ट्रेन्ड आएको देखिन्छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्