सोलुखुम्बु । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई सुरक्षा चुनौती भएको बताएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई कसैले सिंहदरबारदेखि घरसम्मै ‘फलो’ गरिरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भएजस्तो लाग्छ मलाई । मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या । हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई ।’
गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रने चेतावनीसमेत दिएका छन् ।
‘मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है ।‘गुरुङ सोझो छ भनेर सोच्नुभएको होला । म सोझो छैन है फेरि’उनले भनेका छन्, ‘म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटो भन्दा टाढा बस्नू।’ उनले भनेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्