ओलीलाई राजीनामा मागेको फोन रेकर्ड सार्वजनिक गर्न वामदेवको चुनौती

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष १

काठमाडौं : राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो वदनाम गने कोशिस गरेको भन्दै आपत्ति जनाएका छन्।

केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले वामदेवले आफूलाई फोन गरेको र राजीनामा मागेको जिकिर गरेका थिए। सो जिकिरलगत्तै गौतमले आज एक विज्ञप्ति जारी गर्दैआफूले फोन ओलीलाई नभएर ओलीका स्वकिय सचिव राजेश बज्रचार्यलाई गरेको दाबी गरेका छन्।

सोमबार ओलीलाई जवाफ फर्काउँदै गौतमले शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन्। गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ।

यस्तो छ गौतमको वक्तव्य:

प्रिय क. केपी ओली !

अभिवादन !

तपाईंको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छांगाबाट खसेजस्तो भएँ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ।

त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क. राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ। वहाँले कल रिसिभ गर्नु भयो र सदा झैं ‘नमस्कार कमरेड’ भन्नुभयो।

त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु। तु वहाँलाई पठाइदिनोस्। मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ।

योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु। यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन।

क. केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।

वामदेव गौतम

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *