मन्त्री नभन्नुहोस्, कबाडी वैज्ञानिकमन्त्री भन्नुहोस्” — महावीर पुन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ६

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा सिफारिस भएका प्रख्यात वैज्ञानिक महावीर पुनले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गरेका हुन्।

फेसबुकमा उनले लेखेका छन्, “मलाई मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नुहोला।”

पुनले फोन गरेर बधाई दिने वा खादा, माला लिएर नआउन समेत अनुरोध गरेका छन्। उनले बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने काम र नयाँ आइडियाहरू भए व्हाट्सएपमा सेयर गर्न आग्रह गरेका छन्।

महावीर पुन सधैं प्रयोगात्मक सोच, सादगी र नवप्रवर्तनका लागि चिनिन्छन्। मन्त्रीको भूमिकामा पनि उनले जनउत्तरदायी र व्यावहारिक कार्यशैली अपनाउने संकेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *