जेनजी आन्दोलनको छानबिन गर्न आयोग गठन प्रक्रिया अघि बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

५ असोज, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढाइएको छ। गृह मन्त्रालयका अनुसार राज्य पक्षबाट भएका सम्भावित कमजोरी र दोषीको पहिचान गर्न आयोग बनाइँदैछ।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बन्ने सम्भावना छ। आयोगको कार्यक्षेत्र (टीओआर) तय भइसकेको र अन्य सदस्यको नाम पनि लगभग टुंगो लागेको जनाइएको छ।

यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले आन्दोलनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *