|
२०८२ आश्विन ३
३ असोज, काठमाडौं । संविधान दिवसका अवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान दिएर स्थापित भएका राजनीतिक दलहरूलाई निषेध गर्ने प्रयास अस्वीकार्य भएको बताएका छन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।
‘नीतिमा प्रतिस्पर्धा लोकतन्त्रको विशेषता हो’, पोखरेलले भने, ‘राजनीतिक दलहरूलाई निषेध गरेर होइन, स्वस्थ प्रतिस्पर्धाबाट मात्र लोकतन्त्र अघि बढ्छ।’
उनले नवयुवाहरूको आन्दोलनको नाममा भइरहेको षड्यन्त्रले लोकतन्त्र कमजोर पार्न खोजेको आरोप पनि लगाए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्